Logo

जब सलमानले सकेनन् आफ्नो आँशु रोक्न



Spread the love

aq

बलिउडका सुपरस्टार सलमान खान रिल लाईफमा जतिनै कठोर वा फाईटर रुपमा देखिएपनि रियल लाईफमा भने उतिनै नरम र भावुक पनि छन्।आईतबार राजश्री प्रोडक्शनका सिईओ तथा एम डी रजत बडजात्याको प्रार्थना सभामा सलमानले आफ्नो आँशु रोक्न सकेनन्।क्यान्सरका कारण निधन भएको रजतको शनिबार अन्तिम संस्कार गरिएको थियो । आइतवार प्राथना सभामा सलमान खान, सोनम कपूर विकास भल्ला लगायतका सेलिब्रेटीहरु श्रदान्जली दिन पुगेका थिए ।सलमान त्यहाँ पुगेपछि रजतका दाई सुरजसँग भेटेका थिए । सुरजसँग भेट हुने बित्तिकै सलमान उनलाई अंगालो हालेर रोए । सलमान खान रजत बडजात्याको निकैनै नजीक थिए।सलमानले आफ्नो करियरको शुरुवातमा ‘मेँने प्यार किया’, ‘हम आपके हे कोन’, ‘हम साथ-साथ हे’ जस्ता हिट फिल्महरु राजश्री प्रोडक्शन बाटनै गरेका थिए। सलमान खान बडजात्या परिवारलाई निकैनै मान गर्छन् र उनले सूरज बडजात्याको जुनसुकै फिल्म गर्नका लागि तयार भएको पनि बताइसकेका छन्।साथै उनी आफ्नो सफलतामा सूरज को ठुलो योगदान रहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्