Logo

ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै



Spread the love

एजेन्सी । ल्याटिन अमेरिकन देशमा कोरोनाको केन्द्र बनिरहेको छ । त्यसमा पनि ब्राजिल सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख नाघेको छ ।

ब्राजिलका स्वास्थ्य मन्त्रालयको अनुसार बितेको २४ घण्टामा ५४ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । बितेको १४ घण्टामा ब्राजिलमा १२०० भन्दा धेरैको ज्यान गइसकेको छ । चार दिनदेखि ब्राजिलमा मर्नेहरुको संख्या १२०० भन्दा धेरै रहेको छ ।

हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या करिब ४९ हजार पुगेको छ ।
विशेषज्ञहरु परीक्षणको कमीले गर्दा संक्रमितकाे संख्या कम भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्