एजेन्सी । भारतमा कोरोनाको कहर बढिरहेको छ । हालसम्म करिब ४ लाख कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १४,५१६ जना संक्रमित भएका छन् । यससँगै संक्रमित हुनेहरुको संख्या ३ लाख ९५ हजार ४८ रहेको छ ।
पहिलो पटक भारतमा यति धेरै संख्यामा संक्रमित भएका हुन् । भारतमा १ लाख ६८ हजार २६९ एक्टिभ केस रहेका छन् भने २ लाख १३ हजार ८३१ जना निको भइ घर पुगेका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट १२,९४८ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा भारतले परीक्षण गर्नका लागि करिब १ लाख ९० हजार स्याम्पल लिएको छ । १९ जुनसम्म भारतले ६६ लाख १६ हजार ४९६ जनाको कोरोना परीक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्