अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलियामा आयोजना भएको फिल्म ‘ए मेरो हजुर २’को शोमा सहभागी बनिन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रातो हट पहिरन हेर्ने जो कोही पनि भुतुक्कै हुन सक्छन् । अष्ट्रेलियाको रेड कार्पेटमा रातै पहिरन लगाएर साम्राज्ञीले आफूलाई उदाउँदो स्टारको रुपमा प्रस्तुत गरिन् ।साम्राज्ञीले रेड कार्पेटमा लगाएको रेड पहिरन निकै हट छ । माथि निकै कम मात्र रहेको पहिरनले उनको बोल्ड अवतारलाई प्रस्तुत गर्दछ । यस्तै, साम्राज्ञी अष्ट्रेलिया घुम्दै गर्दाको तस्बिर पनि बाहिरिएको छ । यो तस्बिरमा पनि उनी बोल्ड देखिएकी छिन् । फिल्म ‘ए मेरो हजुर २’को विशेष शोका लागि निर्देशक झरना थापाको साथमा साम्राज्ञी अष्ट्रेलियामा छिन् । नोभेम्बर २५ तारिखमा आयोजना भएको विशेष शोमा साम्राज्ञी रातो पहिरनमा रेड कार्पेटमा देखिइन् । उनको यो पहिरनको तारिफ भैरहेको छ भने सामाजिक संजालमा हट भनेर कमेन्ट गर्नेहरु बढेका छन् । साम्राज्ञी पहिरनमा सधै नै सजग छिन् । नेपालमा हिट भएको उनी अभिनित फिल्मको प्रदर्शनका लागि निर्देशक झरना थापासँग साम्राज्ञी अष्ट्रेलिया पुगेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्