Logo

डब्ल्यूएचओद्धारा हाइड्रोक्सीक्लोरोक्विनको ट्रायलमा प्रतिबन्ध



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले कोरोना भाइरसको उपचारको लागि मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्विनको ट्रायलमा प्रतिबन्ध लगाएको छ ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीले हाइड्रोक्सीक्लोरोक्विनले कोरोना भाइरसबाट मर्नेहरुको संख्या कम गर्न असक्षम भएको बताएको छ ।

हाइड्रोक्सीक्लोरोक्विनलाई लिएर विश्वका मानिसहरु निकै उत्साहित भएका छन् । यसलाई संक्रमणबाट बच्न र संक्रमितको उपचारमा पनि प्रयोग गरिएको छ ।

द लेन्सेन्टमा यसको शोध छापिएपछि विश्वभर चलिरहेको ट्रायल रोकिएको छ । शोधमा यस औषधिको कारणले मर्नेहरुको संख्या बढेको र केही बिरामीमा मुटुसँग सम्बन्धित समस्या देखिएको दाबी गरिएको छ ।

शोध प्रकाशित भएपछि डब्ल्यूएचओ र अरु संस्थाहरुले यसको परीक्षणमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्