Logo

बन्दकाे मारमा विद्यार्थी



Spread the love

एकदुई दिन चलेकाे हल्लाले शुक्रवार अधिकांश शिक्षण संस्था बन्द भए ।

बन्द के का लागि? कसले र किन घोषणा गरेकाे हाे, कुनै स्पष्ट छैन तर पनि शुक्रवार शिक्षण संस्थाहरु  बन्द हुनाले लाखौं विद्यार्थीहरू पढ्न बाट वञ्चित भएका छन् ।

“आजका बालबालिका भाेलिका कर्णधार”, तर बन्दले गर्दा यी कर्णधारकाे पढ्ने वातावरणमा खलल पुग्याे। हल्लाकाे भरमा शिक्षण संस्थाहरू बन्द हुन पुगे। के यसलाई हामी सुरक्षित समाज भन्न सक्छौ ? यसरी विभिन्न समयमा हुने बन्द हडतालले बालबालिका माथि पर्न गएकाे असरमा सरकारकाे ध्यानाकर्षण नभए उनीहरुकाे भविष्य अन्याेलमा निश्चित छ।

न त काेही बन्द कर्ता नै छन्, न त कसले गरेकाे हाे टुंगो छ तर अधिकांश शिक्षण संस्था बन्द छन् जसले गर्दा विद्यार्थीहरू पढ्नबाट वञ्चित भए । हल्लाकाे भरमा भएकाे यस बन्दले बिद्यार्थीहरुकाे भविष्य अन्धकार मात्र हैन हाम्रो राज्य र समाज कति असुरक्षित छ भन्ने कुराकाे प्रमाण पनि दिएकाे छ । हल्लाले देश हल्लायाे, हल्लाकै भरमा याे हदसम्म प्रभाव पर्नाले राज्य र सुरक्षा निकाय माथि अामजनताकाे विश्वास घटेकाे छ । याे घटनाले विद्यालय र विद्यार्थी मात्रै हैन पुरै समाज सुरक्षित छैन भन्ने पुष्टि गरेकाे छ । बन्दलाई निस्तेज पार्न र बन्द हुँदैन भन्ने कुराकाे विश्वास दिलाउन नसक्नु नै राज्य संस्थाकाे कम्जाेरी भएकाे छ । यही कम्जाेरीका कारण बालबालिकाले अाफ्नाे नैसर्गिक अधिकारबाट वञ्चित भएका छन् ।

हल्लाकाे कारण भएकाे बन्दले देशलाई ठुलाे क्षति भएकाे छ। यसले बालबालिकाकाे भविष्यमा मात्र हैन राज्यकाे अर्थतन्त्रमा समेत असर पारेकाे छ। के हाम्राे सरकार रमिते भएकाे हाे? हाम्राे सुरक्षा निकाय कम्जाेर भएकाे हाे? कुनै राजनीतिक दलले घाेषणा पत्रमा बालबालिकाकाे भविष्यकाे सुनिश्चित गरेका छन् त? कि हाम्राे देश हल्लामा चलेकाे हाे? हैन भने आज यी कलिला बालबालिकाकाे भविष्य माथि भएकाे खेलबाडकाे जिम्मेवार काे त? हल्लाकाे बन्दकर्ता वा राज्य ?

प्रतिक्रिया दिनुहोस्