Logo

सुशान्तले भनेका थिए– मेरा साथी बन्दैनन्, कसैले पनि मेरो फोन उठाउँदैन



Spread the love


एजेन्सी । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आइतबार सधैंको लागि संसार छाडेर गए । उनले मुम्बईको बान्द्रामा रहेको अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे । उनको निधनले सबै शोकमा डुबेका छन् ।

सामाजिक सञ्जालमा उनको पुरानो क्लिप्सहरु भाइरल भइरहेका छन् ।
क्लिप्सहरुमध्ये एकमा उनको अन्तर्वार्ता रहेको छ । जसमा उनले फिल्म इण्डस्ट्रीको बारेमा बताएका छन् ।

उनले आत्महत्या गरेपछि उनी विगत ६ महिनादेखि डिप्रेशनको सिकार भएको पाइएको छ । उनको उपचार पनि चलिरहेको थियो । शेखर कपुर, सपना भवनानी लगायतका सेलिब्रेटीहरुले यस कुरालाई सामाजिक सञ्जालको माध्यमबाट यो आत्महत्या नभइ हत्या भएको बताएका थिए । बलिउडमा पुनः नातावादको बहस चर्किएको छ ।

उनको पुरानो अन्तर्वार्तामा उनले भनेका छन्,‘इमान्दारीको साथमा बताउँदा मेरा केवल दुई साथी छन् ।’ त्यसपछि उनले सायद मसँग कुरा गर्न अरुलाई मन नलागेको पनि हुन सक्ने कुरा जोडेका छन् । उनका कुरा अरुलाई राम्रो लाग्दैन । पहिला देखावटी साथ दिएजस्तो गरेपनि पछि फोन उठाउँदैनन् ।

ट्वीटरमा सुशान्तसिंह राजपुतलाई न्याय भनी ट्रेण्ड चलाइएको छ । समर्थकहरु बलिउडमा चलिरहेको नातावादको कारणले नै सुशान्तले यस्तो कदम चलाएको बताएका छन् । कांग्रेसका नेता संजय निरुपमले ट्वीटरको माध्यमबाट छिछोरेको सफलतापछि उनलाई ७ फिल्मको अफर आएको र ६ महिनामै सबै अफर खोसिएको कुरा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्