मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा मंसिर १० गते र बाँकी ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सो दिनहरूमा जिल्लाका सरकारी कार्यालय, अर्धसरकारी कार्यालय, शैक्षिक संस्थान तथा सार्वजनिक संस्थानहरु बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउँदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।
विज्ञप्ति :