Logo

चौथो पटक मेसीको पोल्टामा गोल्डेन बुट अवार्ड,दिए रोनाल्डोलाई टक्कर



Spread the love

लिओनल मेसीले युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीलाई सन् २०१६–१७ सिजनमा गरेका गोलका आधारमा शुक्रबार गोल्डेन बुट अवार्ड दिइएको हो । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् । मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए ।यसअघि उनले सन् २०१०, २०१२ र २०१३ मा पनि सो अवार्ड जितेका थिए।यो युरोपका प्रमुख लिगमा कुनै पनि खेलाडीले गएको वर्ष गरेको सर्वाधिक गोल हो ।यो अवार्ड जितेसँगै मेस्सीले क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् । मेस्सीले चौथो पटक सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन–सू अवार्ड जितेका हुन् । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले चारपटक यो अवार्ड जितिसकेका छन् । रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा अवार्ड जितेका थिए। रोनाल्डोले गत सिजन २५ गोल गरेका थिए। उनी युरोपमा बढी गोल गर्ने खेलाडीमा शीर्ष पाँचमा परेका थिए।यो सिजन मेस्सी लिगमा निकै फर्ममा देखिएका छन् । तर रोनाल्डो भने ला लिगामा यो सिजन गोलको हिसाब कमजोर छन् । अघिल्लो वर्ष सिजन यो अवार्ड लिगमा ४० गोल गरेका बार्सिलोनाका लुइस स्वारेजले जितेका थिए ।

मेस्सीले यो भन्दाअघि पछिल्लो पटक सन् २०१२÷१३ को सिजनमा लिगमा ४६ गोल गर्दै अवार्ड जितेका थिए । उनले २००९÷१० मा ३४ गोल र २०११÷१२ मा ला लिगामा कीर्तिमानी ५० गोल गर्दै अवार्ड जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्