एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको आत्महत्यापछि फेरि बलिउडमा एक पटक नातावादको बहस चर्किएको छ । फिल्म इण्डस्ट्रीका धेरै मानिसहरुले सुशान्त बलिउडभन्दा बाहिरको हुनाले सुशान्तलाई निकै वेवास्ता गरिन्थ्यो । जस कारणले उनले डिप्रेशनमा आइ आत्महत्या गरे । केही मानिसहरुले सुशान्तलाई ६ फिल्मको अफर आएको र बिस्तारै उनलाई फिल्मबाट हटाइएको पनि दाबी पनि गरिएको छ ।
सुशान्त आफैले पनि बलिउडमा आफ्नो कोही पनि गडफादर नभएको बताएका थिए । बलिउडमा नातावादको बहस फेरि एक पटक कंगना रनावतले उठाएकी छिन् । आउनुहोस् जानौँ, बलिउडमा कस–कसलाई नातावादलाई बढावा दिने आरोप लागेको छ ।
सबैभन्दा पहिला आयो राज कपुरको नाम
बलिउडमा बितेको धेरै पुस्तादेखि सबैभन्दा प्रतिष्ठित परिवार कुनै छ भने त्यो हो राज कपुरको परिवार । बितेको ४ पुस्तादेखि यस परिवारका मानिसहरु बलिउडमा सक्रिय रहेका छन् । फिल्म निर्माण, निर्देशनदेखि लिएर अभिनयसम्म पुरै परिवार फिल्ममा काम गर्दछन् । राज कपुरमा सबैभन्दा पहिला नातावादको आरोप लाग्न सुरु भएको थियो । उनलाई आफ्नो परिवार र नाता पर्नेलाई लिएर फिल्ममा बढावा दिएको आरोप लगाइएको थियो । केही हदसम्म यो सत्य नै हो ।
सलमान खान र परिवार
सुशान्तसिंह राजपुतको मृत्युपछि फेरि मानिसहरुले सलमान खान र परिवारलाई निशानामा राखेका छन् । फिल्म दबंगका निर्देशन गरिसकेका अभिनव कश्यपले सलमान खान र उनको परिवारलाई आरोप लगाएका छन् । सलमान खानले मन नपराउने मान्छेले बलिउडमा काम गर्न मुश्किल हुन्छ । विवेक ओबरायजस्ता मानिसहरु यसका उदाहरण हुन् । यो कुरा पनि लुकेको छैन कि सलमान खानले आफ्नो फिल्ममा आफ्ना नजिकका मानिसहरुलाई मौका दिन्छन् ।
करण जोहर
बलिउडमा नातावादको लागि आरोप लाग्दा कुनै निर्देशक तथा निर्माताको नाम आउँदा सर्वप्रथम करण जोहरको आउँछ । सुशान्तको मृत्युपछि करण जोहरको सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । करण जोहरको सोमा कंगना रनावतले सिधै नातावादको आरोप लगाएकी थिइन् ।
यशराज प्रोडक्सन
बलिउडमा यशराज प्रोडक्सनको फिल्मको छुट्टै आफ्नो अलग पहिचान रहेको छ । यशराज प्रोडक्सनमा पनि यो आरोप लागेको छ कि उनीहरु पनि केही खास मानिसहरुसँग मात्र फिल्म बनाउँछन् । यद्यपि यशराजका साना फिल्ममा केही नयाँ कलाकारहरुको मौका दिने गरिन्छ तर यो पनि साँचो हो कि नयाँ कलाकारको साथमा यशराज धेरै फिल्मको कन्ट्राक पनि गराउँछन् ।
राकेश रोशन
धेरै सुपरहिट फिल्म बनाइसकेका निर्देशक तथा निर्माता राकेश रोशनलाई पनि नातावादको आरोप लागिरहेको हुन्छ । बितेको धेरै समयदेखि यिनले आफ्ना छोरा ऋतिक रोशनसँग फिल्म बनाइरहेका छन् । यसभन्दा पहिला पनि उनले केवल सलमान र शाहरुखजस्ता ठुला कलाकारहरुसँग मात्र काम गरेका थिए । कंगनाले राकेशलाई पनि नातावादको आरोप लगाएकी थिइन् ।