Logo

सुशान्तकी बहिनीको खुलासा– आर्थिक संकट थिएन, डिप्रेशनको उपचार चलिरहेको थियो



Spread the love

एजेन्सी । भारतीय कलाकार सुशान्तसिंहको आत्महत्याले सबैजना स्तब्ध भएका छन् । पटनाबाट आएका सुशान्त बितेको धेरै समयदेखि तनावमा थिए र डिप्रेशनको उपचार गरिरहेका थिए । उनको मृत्युले उनको परिवार र फिल्म इण्डस्ट्रीज शोकमा डुबेको छ ।

सुशान्तसिंहको मृत्यु बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले सुशान्तकी बहिनीसँग कुराकानी गरेको छ । बहिनीले सुशान्तलाई कुनै आर्थिक समस्या नभएको बताएकी छिन् । बितेको साता सुशान्तले ठिक महसुस गरेका थिएनन् ।

बहिनी सुशान्तलाई भेट्न मुम्बईको बान्द्रामा भएको फ्लाटमा गएकी थिइन् । उनलाई सुशान्तको डिप्रेशनको बारेमा थाहा थियो । तर, उनलाई थाहा थिएन की सुशान्तले यति ठुलो कदम उठाउँछन् भनेर । बहिनीका अनुसार सुशान्त जमिनसँग जोडिएका मानिस थिए, उनले सबैलाई सामान्य व्यवहार गर्दथे ।

सुत्रका अनुसार सुशान्तले बितेको केही दिनयता आफ्नो डिप्रेशनको औषधि लिन बन्द गरेका थिए । उनी क्लिनिकल डिप्रेशनका शिकार थिए । यद्यपि प्रहरीलाई यस कुराको पुष्टि गर्न बाँकी नै छ ।

सुशान्तको म्यानेजरलाई सुशान्तको फोनको पासवर्ड थाहा थियो । जसले गर्दा प्रहरीलाई उनले अन्तिम पटक कसलाई फोन गरे भन्ने थाहा भयो । उनले अन्तिमपल्ट आफ्नो साथी महेश कृष्णा शेट्टीलाई गरेका थिए । त्यसपछि उनले आफ्नी बहिनीलाई फोन गरे । महेशले पछि सुशान्तलाई फोन गरेका थिए । तर फोन उठेन, हुनसक्छ उनले आत्महत्या गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्