Logo

सुशान्तसिंहको टिभीदेखि चलचित्रसम्मको यात्रा



Spread the love
सुशान्तसिंह राजपुत

एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको मृत्युले सबैलाई दुखित बनाएको छ । सुशान्तले १२ वर्ष अगाडि सन् २००८ सालमा आफ्नो अभिनय करिअरको सु्रुवात गरेका थिए । उनले छोटो समयमा नै धेरैथोक प्राप्त गरे । आउनुहोस्, दुई सिरियल र एघार चलचित्रमा काम गरेका सुशान्तको बारेमा जानौँ ।

सुशान्तले सन् २००८ मा टिभी सिरियल ‘किस देश मे है मेरा दिल’ बाट आफ्नो अभिनय करिअरको सुरुवात गरेका थिए । प्रस्तुत सिरियलमा मुख्य भूमिकामा नदेखिए पनि उनी निकै चर्चित थिए ।
प्रस्तुत सिरियलपछि सन् २००९ मा राजपुतले ‘पवित्र रिश्ता’ नामक सिरियलमा प्रमुख भूमिकामा देखिए । उनले यहीं सिरियलले उनलाई ख्यातिको शिखरमा पुर्याएको थियो । पवित्र रिश्ता सिरियल निकै मन पराइएको सिरियल हो ।

उनी अभिनयमा मात्र नभइ नृत्यमा पनि माहिर थिए ।

सुशान्तको पहिलो चलचित्र थियो काइ पो चे । काइ पो चे सन् २०१३ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्रमा राजकुमार राओ र अमित साधको पनि अभिनय थियो । सुशान्तको पहिलो चलचित्र नै हिट भयो ।

त्यसपछि उनलाई धेरै फिल्ममा अफर आउन थाल्यो । उनले शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी, एमएस धोनी, केदारनाथ, सोनचिडिया, छिछोरे र ड्राइभजस्ता चलचित्रमा काम गरे । एक– दुई चलचित्र छाडी बाँकीका चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरे ।

सुशान्तको उत्कृष्ट चलचित्रको कुरा गर्दा एमएस धोनीलाई लिइने गरिन्छ । प्रस्तुत चलचित्रमा उनले शानदार अभिनय गरेका छन् । सुशान्त आफैले यस कुरालाई स्वीकार गरेका थिए । उनलाई चलचित्रमा निकै मेहनत गर्नु परेको थियो ।

सुशान्तले आमिर खान र अनुष्का शर्मासँग पनि चलचित्रमा काम गरे । पीकेमा उनले सानो भए पनि महत्वपूर्ण भूमिका निभाए ।

परिणीति चोपडा र वाणी कपुरसँग उनले शुद्ध देशी रोमान्समा पनि निकै मेहनत गरेका थिए । बितेको सालमा रिलिज भएको छिछोरे उत्कृष्ट चलचित्रमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्