Logo

सुशान्तसिंह राजपुतको आज अन्तिम संस्कार हुँदै



Spread the love

एजेन्सी । भारतीय कलाकार सुशान्तसिंह राजपुतको आज मुम्बईमा अन्तिम संस्कार हुँदैछ । उनले आइतबार आत्महत्या गरेका थिए ।

सुशान्तको परिवार पटनामा बस्दछन् । अन्तिम संस्कारको लागि उनका पिता मुम्बइमा पुग्दै छन् ।
प्रहरीले घटनाको छानबिन गरिरहेको छ तर, केही पनि सुराक मिलिरहेको छैन । प्रहरीको रिपोर्ट अनुसार उनी विगत ६ महिनादेखि डिप्रेशनमा थिए । घरमा काम गर्नेले प्रहरीलाई फोन गरेर आत्महत्याको जानकारी दिएका थिए ।

मुम्बईको प्रहरीले ३४ वर्षीय सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताएको छ । उनको शव बेलुकीको साढे पाँच बजे पोस्टमार्टमको लागि अस्पताल लगिएको थियो तर, आधिकारिक बयान अझै आएको छैन ।

प्रहरीका अनुसार सुशान्तको मृत्यु आइतबार बिहान १० बजेदेखि दिउसोको १ बजेबीचमा भएको उल्लेख गरेको छ ।

उनको मृत्युपछि सारा बलिउड र बलिउड समर्थक स्तब्ध भएका छन् । भारतका विभिन्न नेता तथा कलाकारहरुले उनलाई श्रद्धान्जलि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्