Logo

नयाँ चलचित्र ‘कृ’ का लागि अदिती बुढाथोकी फाईनल



Spread the love

आफ्ना हरेक चलचित्रमा नयां नायिका संग रोमान्स गर्दै आएका नायक अनमोल केसीले आफ्नो पाँचौ प्रोजेक्टमा पनि नयां नायिकासंग रोमान्स गर्ने भएका छन्।उनले काम गर्न लागेको नयाँ चलचित्र ‘कृ’ का लागि अदिती बुढाथोकीलाई फाईनल गरिएको छ।

नायिकाको छनौटको लागि आव्हान गरिएको अडिसनका लागि ३० जनाले निवेदन दिएका थिए। जसबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।aditi budhathoki

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । फिल्ममा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहनेछन् भने निर्देशनमा सुरेन्द्र पौडेल रहनेछन् ।
 फिल्मको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । फिल्मको तयारी स्वरुप अहिलेअनमोल विभिन्न तालिममा व्यस्त छन् ।
को हुन् अदिती ?
चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीसँग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् ।
अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । ‘कृ’को अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्