एजेन्सी । चीनको बुहानबाट फैलिएको कोराना भाइरस विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ भने केही देशमा लकडाउन खुकुलो पारिएको छ । आउनुहोस् जानौँ, कहाँ के भइरहेको छ ।
१.विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७३ लाख ६० हजार नाघेको छ भने मृत्यु हुनेहरुको संख्या ४ लाख १६ हजार पार गरेको छ ।
२. अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित राष्ट्र हो । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २० लाख नाघेको छ भने एक लाख १२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
३.ब्राजिल विश्वको दोस्रो प्रभावित राष्ट्र हो । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७ लाख ७२ हजार नाघेको छ भने मर्नेहरुको संख्या करिब ४० हजार पुगेको छ ।
४.रुस संक्रमणको हिसाबले विश्वको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा बेलायत छ भने पाचौँ स्थानमा भारत । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दुई लाख ७६ हजार कटेको छ ।
५.दक्षिण कोरियामा बितेको २४ घण्टामा ५० जना संक्रमित भएका छन् । यसभन्दा पहिला मंगलबार ४० जनामा संक्रमण देखिएको थियो । दक्षिण कोरियामा अहिलेसम्म १२ हजार संक्रमित भएका छन् भने २७६ जनाले ज्यान गुमाएका छन् ।
६. श्रीलंकामा अब पाँच अगस्टमा निर्वाचन हुनेछ । बुधबार पत्रकार सम्मेलनमा निर्वाचन आयोगले यस कुराको जानकारी दिएको छ । श्रीलंकाले लकडाउन चाँडै नै हटाएको छ । यद्यपि रातमा भने कर्फ्यु जारी छ ।
७. टोकियो ओलम्पिक २०२० का सीईओ तोशिरो मतोले यस पटकको ओलम्पिक खेल भव्य नहुने बताएका छन् । ओलम्पिक खेल जुलाइमा हुने तय भएको थियो तर कोरोना भाइरसको कारणले गर्दा खारेज भएको थियो ।
८.अफ्रिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेर दुई लाखभन्दा धेरै भएको छ । महाद्धीपका ५४ देशमा अहिलेसम्म पाँच हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
९.फ्रान्समा कोरोना भाइरसबाट मर्नेहरुको संख्या घटेपनि संक्रमित भने बढिरहेका छन् । फ्रान्समा कोरोना भाइरसबाट एक लाख ९२ हजारभन्दा धेरै संक्रमित भएका छन् भने २९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
१०. फ्रान्सका अर्थमन्त्रीले आगामी आठ महिनामा फ्रान्सका आठ लाख मानिसले जागिर गुमाउन सक्ने चेतावनी दिएका छन् ।
११. यूरोपीयन यूनियनका शीर्ष अधिकारीहरुले फेसबुक, गुगल र ट्वीटरजस्ता टेक कम्पनीहरुलाई कोरोना भाइरससम्बन्धि सामाजिक सञ्जालमा दिइएको गलत खबर रोक्नको लागि कदम उठाउन आग्रह गरेका छन् ।
१२. विश्व स्वास्थ्य संगठनले पाकिस्तानलाई प्रभावित क्षेत्रमा लकडाउन गर्नको लागि आग्रह गरेको छ ।
१३. अमेरिकाका कोरोना भाइरस विशेषज्ञ डा. एन्थोनी फौसीले कोरोना भाइरस अझै खतम नभएको चेतावनी दिएका छन् ।
१४. टर्कीका राष्ट्रपतिले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई घरमा बस्न गरिएको आग्रहलाई हटाइएको छ । ६५ वर्षभन्दा माथिका नागरिकहरु बिहान १० बजेदेखि रातको ८ बजेसम्म बाहिर जान सक्छन् ।
१५.मेक्सिकोका उप–स्वास्थ्यमन्त्रीले देशमा कोरोना भाइरस अझै पिकमा नआएको बताएका छन् । मेक्सिकोमा अहिलेसम्म १४ हजारभन्दा धेरैको ज्यान गएको छ । सरकारले अक्टोबरसम्म ३५ हजारको ज्यान जाने अनुमान गरेको छ ।