Logo

निर्वाचनका कारण बढ्यो मासु र अण्डाको बिक्री



Spread the love

निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेको छ। यसका साथै मासु र अण्डाको मूल्य पनि वृद्धि भएको छ ।चुनाव प्रचारप्रसारमा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा खुवाउँदा कुखुराको अण्डा  र मासुको प्रयोग बढाएपछि माग बढेर मूल्य वृद्धि गराएको हो ।

Image result for मासु र अण्डा

सामान्य अवस्थाभन्दा अहिले कुखुराको मासु र अण्डामा २० प्रतिशत खपत बढेको छ व्यवसायीहरूले बाताएका छन्। सामान्य अवस्थामा नेपालमा दैनिक सात लाख केजी कुखुराको मासु र २४ लाख अण्डा खपत हुने यो सङ्ख्या चितवनको हकमा ५० हजार केजी मासु र १० लाख गोटा अण्डा खपत हुने गरेको मञ्चका अध्यक्ष शंकर कँडेले बताउनुहुन्छ ।

“कुखुरामा नेपाल आत्मनिर्भर छ”, उहाँले थप्नुभयो, “अहिले दैनिक खपत हुने कुखुराको मासु नेपालभित्रै उत्पादन हुनसक्ने अवस्था छ । ” नेपालमा अहिले एक हजार ४७३  फर्ममा २५ लाख लेयर्स कुखुरा छन् ।  जसमध्ये चितवनमा ५०० फर्ममा १६ लाख कुखुरा पर्छन् ।  जसले अण्डा उत्पादन गरिरहेको छ ।

यस्तै २० हजार ४८३ ब्रोइलर कुखुराको फर्म नेपालमा रहेको छ ।  जसमा पाँच करोड २६ लाख ६६ हजार २९ ब्रोइलर कुखुरा पालिएका छन् ।  यसरी पालिएका मध्ये दुई हजार फर्मका दुई लाख ब्रोइलर चितवनका हुन् ।  ब्रोइलर मासुका लागि पालिने कुखुरा हुन् ।  देशभरिमा अहिले ६४ जिल्लामा कुखुरा पालन रहेको तथ्याङ्क कुखुरा व्यवसायी मञ्चले प्रस्तुत गरेको छ ।  कुखुराको मासु र अण्डामा व्यवसायमा हुने गरेको उतार चढावको प्रत्यक्ष प्रभाव चितवनमा पहिला पर्छ ।

“चुनावका कारण खपत बढ्दा कुखुराको मासु र अण्डामा मूल्य बढ्न गयो”, अध्यक्ष कँडेलले भन्नुभयो, “यही अनुपातमा खपत बढेर जाने हो भने नेपालमा उत्पादन भएको मासु र अण्डाले बजार माग थेग्न गारो पर्न सक्छ । ”

प्रतिक्रिया दिनुहोस्