Logo

गायक भुपु पाण्डेको नयाँ गित ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ सार्वजनिक



Spread the love

गायक भुपु पाण्डेको नयाँ गित ‘छोटो छ जिन्दगी फोटो खिचेर राख‘ सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युटुव च्यानलमा सो गित सार्वजनिक भएको हो ।

नेपालीहरुको वास्तविकताको कथा बुनेर गीत सँगै भिडियो निर्माण गरिएको छ । गीतका हरेक शब्दहरु मन छुने खालका छन् ।भर्खरै बिबाह गरेर विदेशीनु पर्दाको पिडा, बिबाहमा निधारमा लगाएको टिका मेटिन नपाउँदै छुटेको पति पत्नीको साथ, एउटा फोटो हेरेर बर्षौबर्ष बाटोकुरी घरमा दिन रात रुँदै टोलाउँदै बस्नु पर्ने श्रीमतीको त्यो तड्पाईलाई समेटिएको छ ।

भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र स्वयम् पाण्डेको अभिनय देख्न सकिन्छ । योगेश दाहालको छयांकन, मनोज कार्कीको दृश्य सम्पादन रहेको भिडियोको रंग संयोजन श्याम कुँवरले गरेका हुन् ।नारायण नेपालको शब्द रहेको गीतमा भुपु पाण्डेकै संगीत रहेको छ । लुमिनस पोस्टओर्क्स, कि-लाइट मोशनपिक्चर र सागर बाबु भट्ट प्रोडक्शनको सहकार्यमा दृश्य निर्माण भएको भिडियोको निर्माता स्वयम् गायक पाण्डे हुन् ।

भिडियोको रचनात्मक तथा ग्राफिक्सको पाटो पवन सिंखडाले सम्हालेका हुन् भने भिडियोको निर्देशन सागर बाबु भट्टले गरेका हुन् । गीतमा संगीत संयोजन गायक पाण्डेले गरेका छन् भने संगीत मुद्रण नरेन्द्र वियोगीले गरेका हुन् । भिडियोमा, परदेशका कारण बिछोडिएका जोडिबिचको प्रगाढ माया र विछोडको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।यो गीत मार्फत् मेलिना मैनालीले सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छिन् ।

हेर्नुहाेस् भिडियाेः

https://youtu.be/IWoloyd9s-g

प्रतिक्रिया दिनुहोस्