२९ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
भारतमा बितेको २४ घण्टामा ३ सय ८८ जनाले ज्यान गुमाएका छन् भने १० हजार २ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई १० तारिखमा मात्रै भारतमा २७७ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा ११० ले बढेको छ । जुन ६ तारिक मृत्यु हुनेको संख्या भारतमा एकैदिन कै अहिलेसम्मकै उच्च हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको पाँचौ स्थानमा पर्न जान्छ ।
अहिलेसम्म भारतमा २ लाख ७७ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ८ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । १ लाख ३८ हजारको उपचारपछि निको भएका छन् ।