एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २२ नाघेकाे छ । बितेको २४ घण्टामा ८३ जनाको ज्यान गएपछि मर्नेहरुको संख्या २,२५५ पुगेको छ ।
यसै गरी पाकिस्तानमा बितेको २४ घण्टामा ५,३८५ जना संक्रमित भएका छन् । हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख १३ हजार ७०२ पुगेको छ ।
निको भइ घर जानेहरुको संख्या ३६,३०८ रहेको छ ।
पाकिस्तानको पन्जाब प्रदेश र सिन्ध प्रदेशमा धेरै संक्रमित भेटिएका छन् । राजधानी इस्लामबादमा भने ५,९६३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य विभागका अनुसार पाकिस्तानमा दिनमा २० हजारभन्दा धेरैको परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्