एजेन्सी । भारतमा कोरोना संक्रमणदर र मृत्युदर दुबै बढेको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ९,९८७ जना संक्रमित भएका छन् । भारतमा पहिलो पटक यति धेरै संक्रमित भएका हुन् ।
यससँगै भारतमा संक्रमित हुनेहरुको संख्या २ लाख ६६ हजार ५९८ पुगेको छ । जसमध्ये १ लाख २९ हजार ९१७ सक्रिय केस रहेको छ भने १ लाख २९ हजार २१४ जना निको भइ घर फर्केका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा भारतमा ३३१ जनाले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना भाइरसबाट ७,४६६ जनाको ज्यान गइसकेको छ ।
भारतमा अहिलेसम्म ४९ लाख १६ हजार ११६ जनाको काेराेना परीक्षण गरिसकिएको छ । बितेको २४ घण्टामा एक लाख ४१ हजार ६८२ स्याम्पल लिइएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश बनेको छ । महाराष्ट्र प्रदेशपछि तमिलनाडु, दिल्ली, गुजरात, उत्तर प्रदेशजस्ता प्रदेशहरु बढी प्रभावित बनेका छन् ।