एजेन्सी । यूरोपमा कोरोनाको केन्द्रको रुपमा रहेको इटलीमा कोरोना संक्रमण कम भइरहेको छ । कोरोना भाइरसको संक्रमणको हिसाबले इटली विश्वको सातौँ स्थानमा रहेको छ ।
इटालीमा दुई लाख ३५ हजार संक्रमित भइसकेका छन् भने करिब ३४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
बितेको २४ घण्टामा इटलीमा १९७ जना संक्रमित भएका छन् भने ५३ जनाले ज्यान गुमाएका छन् । शनिबार इटलीमा ७२ जनाले ज्यान गुमाएका थिए ।
इटलीमा कोरोनाको संक्रमण कम हुँदा रुसमा भने बढिरहेका छन् ।
रुसमा बितेको २४ घण्टामा करिब ९ हजार संक्रमित भएका छन् भने १३४ जनाको ज्यान गएको छ ।
रुस संक्रमणको हिसाबले विश्वको तेस्रो प्रभावित राष्ट्र हो ।
रुसमा अहिलेसम्म ४ लाख ६७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमितको संख्या बढी भए पनि मृत्युदर भने कम रहेको छ । रुसमा अहिलेसम्म ५,८५१ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्