एजेन्सी । कोरोना भाइरसको उत्पत्ति मानिएको चीनमा बिना लक्षणका कोरोना संक्रमित भेटिने क्रम जारी रहेको छ ।
बितेको २४ घण्टामा चीनमा ६ जना संक्रमित भेटिएका छन् । जसमध्ये पाँच जनामा कुनै पनि कोरोना भाइरसका लक्षणहरु देखिएका थिएनन् ।
शनिबार ३ जनामा पनि यस्तै खालको केस देखिएको थियो ।
जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार चीनमा कोरोना भाइरसबाट ८४ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४,६३८ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्