एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या चार लाख कटेको छ । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट मर्नेहरुको संख्या चार लाख एक सय एक्काइस पुगेको छ ।
अमेरिकी यूनिभर्सिटीले गएको साल चीनमा कोरोना फैलिएपछि कोरोना सम्बन्धि आँकडाको सत्यतत्थ जानकारी दिन थालेको थियो ।
जोन्स होप्किन्स यूनिभर्सिटीको आँकडा अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ६९ लाख १३ हजारभन्दा धेरै रहेको छ ।
सबैभन्दा धेरै प्रभावित राष्ट्र
१. कोरोना भाइरसले सबैभन्दा बढी प्रभाव अमेरिकालाई पारेको छ । अमेरिकामा कोरोनाको कारण अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । यसका साथै १९ लाख २० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
२. मृत्युको हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म ४०, ५४८ मानिसले ज्यान गुमाएका छन् भने दुई लाख ८६ हजारभन्दा धेरै संक्रमितभन्दा धेरै संक्रमित भएका छन् ।
३.संक्रमणको हिसाबले ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ७२ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ३५,९३० भन्दा धेरैको मृत्यु भएको छ । संक्रमणको हिसाबले ब्राजिल दोस्रो देश हो भने मृत्युको हिसाबले तेस्रो ।
४. संक्रमणको हिसाबले रुस तेस्रो स्थानमा रहेको छ । रुसमा कोरोना भाइरसबाट चार लाख ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ५,८५१ जनाको ज्यान गएको छ ।
५.संक्रमितको हिसाबले भारत पाचौँ स्थानमा रहेको छ । भारतमा दुई लाख ४७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६९५० जनाको ज्यान गएको छ ।