एजेन्सी । कोरोना भाइरसले विश्व अर्थ व्यवस्थाको लागि विनाशकारी भएको विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बताएका छन् ।
उनले अर्थ व्यवस्थामा भएको नोक्सानको असर एक दशकसम्म रहने पनि उल्लेख गरेका छन् । उनका अनुसार कोरोनाको महामारीको कारण करोडौँ मानिसको जिन्दगीमा असर पर्नेछ ।
मे महिनामा उनले कोरोनाको कारणले लगभग ६ करोड मानिस अत्याधिक गरिबीतर्फ जाने चेतावनी दिएका थिए ।
विश्व बैंकका अनुसार अत्याधिक गरिब हुनुको मतलब कुनै व्यक्तिको प्रतिव्यक्ति आय १.९० डलर (नेपाली २३०) भन्दा कम हुनु हो ।
शुक्रबार एक अन्तर्वार्तामा बाेल्दै डेभिडले ६ कराेडभन्दा बढी मानिस अब प्रतिव्यक्ति आय १५३.२९ भन्दा कममा जीवन बिताउनु पर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्