एजेन्सी । अफगानिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० हजार नाघेको छ ।
बितेको २४ घण्टामा अफगानिस्तानमा ७९१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३० जनाको मृत्यु भएको छ ।
अफगानिस्तानका स्वास्थ्यमन्त्रीका अनुसार अहिलेसम्म अफगानिस्तानमा कोरोना भाइरसबाट २०,३४२ जना संक्रमित भएका छन् भने ३५७ जनाको ज्यान गएको छ ।
यसै गरी अफगानिस्तानमा १,८७५ जना निको भइ घर फर्केका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा बितेको २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन् । काबुलमा संक्रमितको संख्या ८ हजार नाघेको छ भने ६६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्