Logo

अमिताभ बच्चन र आयुष्मान खुरानालाई चोरी गरेको आरोप



Spread the love


एजेन्सी । पछिल्लो समय अभिताभ बच्चन र आयुष्मान खुरानाको निकै तारिफ भइरहेको छ । दुबै अभिनित चलचित्र गुलाबो सिताबोको प्रदर्शन सबैले कुरिरहेका छन् । केही दिन पहिले यस चलचित्रको ट्रेलर रिलिज भएको थियो । ट्रेलरलाई सबैले मन पराएका छन् । तर, प्रस्तुत चलचित्रलाई कथा चोरीको आरोप लागेको छ ।

गुलाबो सिताबोकी लेखिका जुही चर्तुवेदीमा चोरीको आरोप लागेको छ । वकिल रिजवान सिद्यीकीले गुलाबो सिताबोको स्क्रिप्ट मरहुम राजीव अग्रवालले लेखेको र जुही चर्तुवेदीले चोरी गरेको दाबी गरेका छन् । राजीवका छोराले नोटिस पठाएर चलचित्रको स्क्रिप्ट देखाउनको लागि माग गरेका छन् ।

वकिल रिजवान सिद्यीकीले नोटिस निर्देशक शूजित सरकार र निर्माता अरिजित ध्रुव र लेखक जुही चर्तुवेदीलाई पठाएका छन् । प्रस्तुत नोटिसमा स्क्रिप्ट चोरी गरेको कुरा उठाइएको छ । यद्यपि अहिलेसम्म लेखक, निर्देशक र निर्माताबाट कुनै पनि जवाफ आएको छैन ।

प्रतिक्रिया दिनुहोस्