Logo

पाकिस्तानमा संक्रमितको संख्या करिब एक लाख



Spread the love

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९८,००० हजारभन्दा धेरै भएका छन् । हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट १९९८ भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

पाकिस्तानको पन्जाब प्रदेश बढी प्रभावित भएको छ । पन्जाबमा बितेको २४ घण्टामा १७८२ जना संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

यससँगै पन्जाबमा संक्रमित हुनेहरुको संख्या ३७ हजारभन्दा बढी भएको छ भने ६८३ जनाले ज्यान गुमाएका छन् ।

पन्जाब प्रदेशपछि सिन्ध प्रदेश बढी प्रभावित भएकाे छ । जहाँ ३६ हजारभन्दा धेरै संक्रमित र ६३४ भन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्