Logo

उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिममा



Spread the love

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

Nepal Police at Boudhanath Kathmandu also known as little Tibet, Nepal

निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा क्षेत्र जोपखममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

जानकारीअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्