काठमाडौं । नेपालमा थप एक जना कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका ३ का सुर्जु थापाकाे पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ
उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्यु जेठ २० गते भएको हो । उनी आफ्ना साथीसहित जेठ १८ गते गाडीमा सुर्खेतबाट डोल्पा पुगेका थिए ।
यससँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्