Logo

सावधान ! मोटो मानिसमा हुन् सक्छ कोरोना संक्रमणको जोखिम उच्च



Spread the love

एजेन्सी। कोरोनाभाइरस (कोभिड १९ ) को जोखिम मोटो मानिसहरूलाई बढी हुनसक्ने विभिन्न अनुसन्धानहरूले पत्ता लगाएको छ ।

नेसनल हेल्थ सर्भिसको अध्ययनका अनुसार कोभिड १९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर हुने देखाएको छ । मोटो मानिसको शरीरमा बढी वजन हुने कारण शरीरमा धेरै बोसो रहन्छ र शरीर चुस्त रहँदैन । त्यसले फोक्सोको क्षमतामा असर गर्छ ।
रगत र शरीरभरी अक्सिजनको प्रवाह कम हुन्छ जसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ ।

अनुसन्धानका अनुसार मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्