एजेन्सी । पाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पाकिस्तानको स्वास्थ्य विभागका अनुसार बितेको २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसबाट ४,६८८ जना संक्रमित भएका छन् भने ८२ जनाको ज्यान गएको छ ।
हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८५ हजार २६४ पुगेको छ भने १,७७० जनाले ज्यान गुमाइसकेका छन् ।
पाकिस्तानको सिन्ध प्रदेश र पन्जाब प्रदेशमा अत्याधिक संक्रमित रहेका छन् । पाकिस्तानमा ३० हजारभन्दा धेरै मानिस उपचारपछि घर फर्किएका छन् ।
पाकिस्तानको सरकारले कोरोनाको परीक्षण बढाएको दाबी गरेको छ । बताइको छ की बितेको २४ घण्टामा २० हजारभन्दा धेरैको स्याम्पल लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्