एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको कहर बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ८९०९ जना संक्रमित भएका हुन् । जुन आजसम्मकै सबैभन्दा ठुलो आंकडा हो ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २,०७,६१५ पुगेको छ भने ५८१५ जनाले ज्यान गुमाएका छन् । साेमबार भारतमा संक्रमितकाे संख्या ८,१७२ थियाे ।
विज्ञहरु भारतमा संक्रमणको खराब हालतमा अझै आइ नपुगेको बताउँछन् ।
भारत विश्वको सातौँ प्रभावित राष्ट्र बनेको छ । जुलाइबाट भारतमा संक्रमितको संख्या कम हुने आशा गरिएको छ ।
भारतको महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, गुजरातजस्ता प्रदेश प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्