Logo

डडेल्धुराको क्वारेन्टिनमा भारतबाट आएकी एक महिलाको मृत्यु



Spread the love

२१ जेठ, काठमाडौँ । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् ४ दिन पहिले भारतबाट आएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएका छन् ।

मृतक महिलाको कोभिड-१९ परीक्षण गर्न स्वाब संकलन गर्न स्वास्थ्यकर्मी टोली पुगिसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्