Logo

भारतमा कोरोना संक्रमितको संख्या करिब दुई लाख



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको कहर बढिरहेको छ । भारतमा बितेको २४ घण्टामा ८,१७१ जना कोरोनाबाट संक्रमित भएका छन् भने २०५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाख ९८ हजार ७०६ पुगेको छ भने आजसम्म ५,५९८ जनाले ज्यान गुमाइसकेका छन् । ९५,५२७ जना निको भइ घर फर्किसकेका छन् ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश रहेको छ । महाराष्ट्र प्रदेशमा ७० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । त्यसपछि तमिलनाडु, गुजरातजस्ता प्रदेश बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्