Logo

बले र कक्रोज बने गायक हेर्नुहोस गीतको भिडियो



Spread the love

 

हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट चर्चामा रहेका कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् ।’भद्रगोल’कै पात्रलाई केन्द्रित गर्दै उनीहरु ‘सोलमारी जान्छु..’ बोलको गीत गाउँदै गायन यात्रामा उत्रिएका छन्।
हरि निरौला (कक्रोज)कै शब्दमा बनेको गीतको म्युजीक भिडियो पनि हरि आफैले निर्देशन गरेका छन् । गितमा भिम बिसीको संगीत रहेको छ।भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् ।सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्