एजेन्सी । ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २८,८३४ पुगेको छ । यस आंकडा अनुसार ब्राजिल कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित हुने विश्वको चौथो देश बनेको छ ।
ब्राजिलमा फ्रान्समा भन्दा धेरै मानिस मरिसकेका छन् । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट २८,७७७ जना मानिसको मृत्यु भइसकेको छ ।
शनिबार ब्राजिलमा कोरोना भाइरसका ३३,२७४ नयाँ केस भेटिएका छन् भने ९५६ जनाले ज्यान गुमाएका छन् । ब्राजिलका स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा करिब ५ लाख संक्रमित भएका छन् ।
ब्राजिलको स्वास्थ्य क्षेत्रमा खलबल आएको छ । अस्पतालमा निकै दबाब छ । विज्ञहरुले भने कोरोनाको चरम स्थिति अझै नआएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्