एजेन्सी । भारतमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । बितेको २४ घण्टामा भारतमा ८,३८० जना संक्रमित भएका छन् । भारतमा पहिलो पटक एक दिनमा यति धेरै संक्रमित भएका छन् ।
बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १९३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ५,१६४ पुगेको छ भने १,८२,१४३ जना संक्रमित भएका छन् ।
करिब ८७ हजार मानिस निको भइ घर फर्किसकेका छन् ।
सबैभन्दा बढी प्रभावित राज्यको अवस्था
महाराष्ट्र–६५,१६८ संक्रमण, २,१९७ मृत्यु
मिलनाडु–२१,१८४ संक्रमण, १६० मृत्यु
दिल्ली–१८,५४९ संक्रमण, ४१६ मृत्यु
गुजरात–१६,३४३ संक्रमण, १,००७ मृत्यु
प्रतिक्रिया दिनुहोस्