
१८ जेठ, गुल्मी – गुल्मीमा क्वारेन्टाइन बसेका एकजनाले आत्महत्या गरेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाममा रहेको क्वारेन्टाइन स्थल नजिकै सोही वडाका ५६ वर्ष चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् ।
उनी शनिबार बिहान मात्रै दिल्लीबाट आएको र क्वारेन्टाइनमा राखिएको गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले सल्लेरी खबरलाई बताईन् ।
शनिबार साझा खाना खाने सयममा शौचालय जान्छु भनी हिडेका परियार क्वारेन्टाइनदेखि केही टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
अहिले घटना स्थलमा प्रहरीको टोलि पुगेको र थप अनुसान्धन भइरहेको उपाध्यक्ष भण्डारीले जानकारी दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्