एजेन्सी । कोरोनाको कहरले सारा संसार थर्कमान भएको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ?
१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । यसभन्दा पहिला उनले अनुदान रोक्ने बताएका थिए ।
२.रुसमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट २३२ जनाले ज्यान गुमाएका छन् । रुसमा पहिलो पटक यति धेरैले ज्यान गुमाएका हुन् । यसका साथै रुसमा मर्नेहरुको संख्या ४,३७४ पुगेको छ । अधिकारीहरुले ८,५७२ जना नयाँ संक्रमित देखिएको बताएका छन् । रुसमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३ लाख ८७ हजार कटेको छ । अमेरिका र ब्राजिलपछि संक्रमणको हिसाबाले रुस तेस्रो स्थानमा रहेको छ ।
३.इरानमा फेरि कोरोना भाइरसबाट संक्रमण हुनेहरुको संख्या बढ्न थालेको छ । शुक्रबार इरानमा २,८१९ जनामा संक्रमण देखिएको छ । इरानमा कोरोना भाइरसबाट ७,६७७ जनाले ज्यान गुमाइसकेका छन् भने एक लाख ४६ हजारभन्दा संक्रमित भइसकेका छन् ।
४.दक्षिण कोरियामा फेरि कोरोना संक्रमण देखिएसँगै ८०० विद्यालय खोल्ने योजना खारेज गरिएको छ । दक्षिण कोरियामा लकडाउन खुकुलो बनाइएको थियो तर फेरि म्युजियम, पार्क र ग्यालरीज बन्द गरिएको छ ।
५.अघिल्लो महिनादेखि नर्वे र डेनमार्कले केही देशका पर्यटकको लागि छुट दिने घोषणा गरेका छन् । तर प्रस्तुत योजनामा स्वीडेनलाई भने अलग गरेका छन् । डेनमार्क र नर्वेका प्रधानमन्त्रीले १५ जुनदेखि धेरैजसो लकडाउन खारेज गर्ने जनाएका छन् ।
६.ग्रीसले १५ जुनदेखि २९ देशको लागि विमानस्थल खोल्ने घोषणा गरेको छ । तर ग्रीसले बेलायत, फ्रान्स, स्पेन र इटालीको लागि भने २९ देशमा राखेको छ ।
७.पोर्चुगलको राजधानी लिस्बनमा कोरोना भाइरसका संक्रमित बढेपछि सरकारले लकडाउन खुकुलाे बनाउने योजना रोकेको छ ।
८.कोरोना भाइरसबाट अमेरिकामा संक्रमित हुनेहरुको संख्या १७ लाख ४५ हजार पुगेको छ भने मर्नेहरुको संख्या एक लाख २ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
९.अमेरिकामा कोरोनाको केन्द्र बनेको न्यूयोर्कमा जुन ८ देखि लकडाउन खुकुलो बनाउने बताइएको छ ।
१०.भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख ७३ हजार नाघेको छ भने ४,९७१ जनाले ज्यान गुमाएका छन् ।
११.जापानमा ६३ जना कोरोना संक्रमित भेटिएका छन् ।