Logo

पाकिस्तानका पूर्वमन्त्री कोरोना संक्रमित



Spread the love


एजेन्सी । पाकिस्तानका पूर्वमन्त्री तथा राष्ट्रिय सभाका सदस्य शहरयार खान अफ्रिदी कोरोनाबाट संक्रमित भएका छन् ।

शहरयार खानले ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी गराएका हुन् ।

शनिबार बिहान उनले ट्वीट गर्दै भने, “मैले कोरोना चेक गर्दा पोजेटिभ पाएको छु र चिकित्सकको सल्लाह अनुसार आफूलाई आफ्नो घरमा क्वारेन्टाइनमा राखेको छु ।”

पाकिस्तानमा कोरोना भाइरसबाट अहिलेसम्म ६४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १,३१७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्