Logo

ब्राजिलमा काेराेनाबाट मर्नेहरुको संख्या स्पेनभन्दा धेरै



Spread the love


एजेन्सी । कोरोना भाइरसबाट मर्नेहरुको संख्या ब्राजिलमा स्पेनमा भन्दा धेरै भएको छ । ब्राजिलका स्वास्थ्य मन्त्रीका अनुसार बितेको २४ घण्टामा भारतमा १,१०० जनाले ज्यान गुमाएका छन् । यससँगै ब्राजिलमा कोरोनाबाट मर्नेहरुको संख्या २७,८७८ पुगेको छ ।


स्पेनमा भने कोरोना भाइरसबाट मर्नेहरुको संख्या २७,१२१ रहेको छ । ब्राजिल संक्रमणको मामिलामा विश्वको दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा बितेको २४ घण्टामा करिब २७ हजार संक्रमित भेटिएका छन् । पहिलो पटक ब्राजिलमा यति धेरै संक्रमित भेटिएका हुन् ।


विज्ञहरु ब्राजिलमा अझ धेरै संक्रमित हुने बताएका छन् । विभिन्न प्रदेशमा लकडाउन खुकुलो बनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्