Logo

भारतमा तिव्र रुपले संक्रमण बढ्यो



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणमा तिव्र वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट ७,४६६ संक्रमित भएका छन् । भारतमा पहिलो पटक यति एक दिनमा यति धेरै संक्रमित भएका हुन् ।

भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ४,७०६ पुगेको छ । भारतले चीनलाई उछिनिसकेको छ । चीनमा कोरोना भाइरसबाट ४,६३८ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १ लाख ६५ हजार ७९९ संक्रमित भइसकेका छन् । संक्रमितको मामिलामा चीनलाई भारतले गएको साता नै पछाडि पारेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको एक्टिभ केस ८९,९८७ रहेका छन् । ७१,१०५ जना निको भइ घर फर्किसकेका छन् ।

भारतमा महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ५९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १९ सय भन्दा धेरैको ज्यान गएको छ । महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, गुजरात र राजस्थान बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्