Logo

पाकिस्तानमा कोरोना भाइरसको संक्रमण बढ्दो, दुई रेडियोकर्मीको पनि मृत्यु



Spread the love

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । पाकिस्तानमा अहिलेसम्म ६० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १२६० जनाले ज्यान गुमाइसकेका छन् ।

पाकिस्तानकाे सिन्ध प्रान्तमा अत्याधिक संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसकै कारणले बिहीबार रेडियो पाकिस्तानका दुई कर्मचारीको पनि मृत्यु भएको छ ।
मर्नेहरुमा सिनियर ब्रोडकास्ट मुहम्मद अशफाक र उर्दु न्यूज कास्टर हुमा जफर हुन् ।

प्रतिक्रिया दिनुहोस्