राप्ती टेलिभिजन र माइक्रोलिंक मुभिज्ले भाद्र – १६ गते देखि संचालन गरेको टिभी लियालिटि डान्सिङ सो ‘डान्स देउखुरी डान्स’को उपाधि कुनाल विकेले जित्न सफल भएका छन् ।शनिवार सम्पन्न ग्राण्ड फिनालेमा अन्तिम चरणमा पुगेका ९ प्रतिस्पर्धीलाई पछाडि पार्दै ५० हजार नगद र प्रमाणपत्र सहितको उपाधि कुनालले हात पार्न सफल भएका हुन् ।
दोस्रोमा यामा क्रिउ र तेस्रोमा सुष्मा क्षेत्रीले उपाधि जित्न सफल भएका छन्। यामा क्रिउले नगद ३० हजार र प्रमाणपत्र तथा क्षेत्रीले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । बिपना अधिकारी र गोमा रिजाल क्रमशः चौथो, पाचौं भएका छन् । टप ५ लाई गिफ्ट ह्याम्पर साथै टप १० लाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम लमहीको सार्वजनिक बगैचामा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अथिति लमही नगरपालिका प्रमुख कुल बहादुर केसी रहनु भएको थियो। जजहरुमा कोरियोग्राफर तथा मोडेल विजय पुन र कोरियोग्राफर दिपक परियार रहनु भएको थियो । कार्यक्रमको संचालन जज विजय पुन र रीतिका खनालले गरेका थिए । भाद्र – १६ गते देखि सुरु भएको सो प्रतियोगितामा २८ जना प्रतियोगी थिए ।बिजेता तथा उपविजेताहरुलाई लमही नगरपालिका प्रमुख कुल बहादुर केसीले पुरस्कार प्रदान गर्नु भएको थियो । उहाले दाङ देउखुरीको कला र् संस्कृतिले राष्ट्रिय रुपमै बेग्लै पहिचान बनाउन सफल भएको बताउदै यस्ता प्रतियोगिताहरुले नया प्रतिभाहरुको खोजी गर्न सफल हुने बताउनु भयो ।
उहाले उपबिजेता भएका प्रतियोगीहरुलाई निरास नहुन सुझाव दिनु भयो । साथै यस्ता प्रतियोगिताहरुले कला र संस्कृति बचाउन सहयोग पुग्ने र आगामि दिनहरुमा यस्ता कार्यक्रमहरु अझै धेरै हुने आसा ब्यक्त गर्नु भयो । दाङ देउखुरीका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पुर्याउने उद्देश्यले संचालनमा ल्याईएको ‘डान्स देउखुरी डान्स’ प्रतियोगीताका डाईरेक्टर भोजराज थापाले बताउनु भयो ।निर्णायकको मतका आधारमा हरेक एपिसोडमा एकएक जना बाहिरिँदै बाँकी रहेका उत्कृष्ठ नौ जनालाई अन्तिम प्रतिष्पर्धामा सामेल गराइएको थियो । विभिन्न समस्याका बाबजुद पनि प्रतियोगीता सफलताका साथ सम्पन्न गरेकोमा माईक्रोलिंक डान्स देउखुरी डान्सका डाईरेक्टर भोजराज थापाले खुसी व्यक्त गर्नु भयो । पछिल्लो समय नृत्यमा युवापुस्ताको आकर्षण बढेकाले विषम परिस्थितीमा पनि ‘डान्स देउखुरी डान्स’को पहिलो सिजन सफल भएको थापाको भनाई छ ।माईक्रोलिंक डान्स देउखुरी डान्सका डाईरेक्टर भोजराज थापाले दाङमा लुकेका प्रतिभाहरुलाई उजागर गर्न आफूहरुले डान्स देउखुरी डान्स प्रतियोगिता गरेको बताउनु भयो ।उहाले आफूहरु नया प्रतिभा खोज्न सफल भएको पनि जनाउदै आगामी दिनमा यस्ता कार्यहरुलाई अझ प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।डान्स देउखुरी डान्सको छायांकन सुरेश पन्थी र भोजराज थापाले गर्नु भएको थियो l साथै निर्देशन दिपक पाण्डेले गर्नु भएको थियो l प्रतियोगिताको मिडिया पार्टनरमा राप्ती टेलिभिजन,रेडियो हाईवे यफ.यम,राप्ति यफ.यम र नयाँ युग यफ.यम लगाएत रहेका थिए ।