१३ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
भारतमा बितेको २४ घण्टामा १ सय ७२ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २६ तारिखमा मात्रै भारतमा १५६ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने आज मुत्यु हुनेको संख्या १४ जना बढेको छन् ।
अहिलेसम्म भारतमा १ लाख ५० हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ हजार ३ सय ४४ जनाको मृत्यु भइसकेको छ । ६४ हजार उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्