१२ जेठ, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या २२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ भने ३ लाख ६३ हजार संक्रमित छन् । जसमा १६ हजार नयाँ संक्रमित बितेको २४ घण्टामा थपिए ।
२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ७ सय ३ जनाको मृत्यु भएको छ भने अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा १६ हजार नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्