एजेन्सी । कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशमा ब्राजिल दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३० हजार ८९० जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यसभन्दा पहिला दोस्रो स्थानमा रुस रहेको थियो ।
रुसमा कोराना भाइरसबाट ३ लाख २६ हजार ४४८ जनामा संक्रमण देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोनाबाट १,००१ जनाले ज्यान गुमाएको बताएको छ ।
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट २१,०४८ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलको सहर साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ ।
ब्राजिलमा अवस्था नाजुक हुँदै जाँदा त्यहाँका दुई स्वास्थ्यमन्त्रीले एक महिना नहुँदै राजीनामा दिईसकेका छन् । ती दुई स्वास्थ्यमन्त्रीलाई मलेरियाको औषधि सेवन गराउन भनी दबाब दिइएको थियो । ब्राजिलका राष्ट्रपति पटक–पटक विवादमा आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्