एजेन्सी । जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको आँकडा २० हजार नाघेको छ । बुधबार ब्राजिलमा कोरोना भाइरसबाट १, १८८ जनाको ज्यान गएको छ । यससँगै ब्राजिलमा मृत्यु हुनेहरुको संख्या २०, ०४७ पुगेको छ ।
ब्राजिलमा बुधबार कोरोना भाइरसबाट १८, ५०८ जना संक्रमित भएका छन् । यसका साथै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ लाख १० हजार ८७ पुगेको छ । संक्रमितको मामिलामा ब्राजिल अमेरिका र रुसपछि तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्