८ जेठ, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने इस्मा गाउँपालिकले लकडाउनको अवधिमा पनि अवैध मदिरा नियन्त्रणमा लागि परेको छ । त्यस्तै बिहिवार पनि २२ काटुन प्लास्टिकको अबैध मदिरा बरामद गरिएको छ ।
प्राप्त गोप्प सुचनाका आधारमा इस्मा प्रहरी चौकी तथा बजार अनुगमन समितिको टोलिले इस्मा गाउँपालिका ४ स्थिति मुना स्टोरबाट अबैध मदिरा बरामद गरिएको इस्मा प्रहरी चौकीले जानकारी दिएको छ ।
इस्मा गाउँपालिका भित्र अबैध पलास्टिक तथा घरेलु मदिरा बेचबिखन गरेमा बेच्नेलाई ५ हजार ,खानेलाई १ हजार जरिवाना र सूचना दिने व्याक्ती तथा संघ सस्थालाई प्रोत्साहन स्वरुप ५ सय रुपैयाँँ दिने व्यवस्था गरिको बजार अनुगमन समितिकि संयोजक तथा इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताईन ।
लकडाउन अवधिभर करिब ८ सय लिटर घरेलु मदिरा तथा २०० काटुन अवैध प्लास्टिकको मदिरा नष्ट गरिएको छ । अझै पनि १०० काटुन पलास्टिकको अवैध मदिरा नष्ट गर्न बाँकी रहेको बताइएको छ ।
इस्मा गाउँपालिकाले बरामद गरेको अवैध मदिरा परिस्थिति हेरी ठाउँको ठाउँ तथा पत्रकार ,जनप्रतिनिधि एवम् समाजसेवीको रोहबरमा नष्ट गर्दै आएको छ ।