८ जेठ, गुल्मी – गुल्मीमा लकडाउन उल्लंघन गर्ने १ सय १० वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसका कारण चैत ११ गतेदेखि लागू गरिएको लकडाउन उल्लंघन गर्ने १ सय १० वटा सवारीसाधन नियन्त्रणमा लिएको र ८६ सवारीसाधनलाई कारबाही गरिएको तथा अन्यलाई सम्झाई बुझाई गरि छोडिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।
लकडाउन उल्लंघन गर्नेमा सबैभन्द धेरै मोटरसाइकल रहेका छन् । ६७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । त्यस्तै जिप तथा कार १२ वटा , ट्रक दुई तथा ५ वटा ट्र्याक्टर रहेका छन् । जसबाट ५४ हजार ५ सय राजस्व जुटेको ट्राफिक प्रमुख श्रेष्ठले बताए ।
त्यस्तै लकडाउनको अवधीभर गुल्मीमा दुई वटा सवारी साधन दुर्घटनामा परेका छन् भने एक जनाको ज्यान समेत गएको छ